भारतमा फैलियो निपाह भाईरसः नेपालमा पनि संक्रमणको खतरा !
सहयात्रा टिभी
काठमाडौं । भदौ २९, भारतमा कोरोना भाइरसबाटै मुक्त्त नभई फेरि नँया निपाह भाइरस थपियो ।
यो भाइरस नेपालमा पनि आउन सक्छ त्यसैले भाइरसबाट बच्न आफनो सुरक्षा आफै गर्न नेपाल सरकारले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएको निपाह भाइरस भारतमा फैलिदै गएको जनाएको छ ।
संक्रमित मध्ये ४५ देखि ७० प्रतिशत बढी मानिसको मृत्यु गराउन सक्ने भाइरस केही समय यता भारतमा देखिएको छ ।
नेपालमा अहिलेसम्म यो रोगका विरामी फेला ने परेका छैनन् । ‘फूट ब्याट’ भनिने चमेरामा पाइने यो भाइरस चमेरोबाटै सँगुर र बंगुरमा सरेको पाईएको छ ।
यो रोगको लक्षणमा ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वास प्रश्वासमा कठिनाइ हुने र टन्सिल हुने चिकित्सकहरुले बताएका छन् ।