खोटाङको हलेसी मन्दिर खुल्यो

खोटाङ । भदौ २९, चार महिनादेखि बन्द गरिएको खोटाङको हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ ।
जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आइतबार बसेको बैठकले मन्दिर खुला गराउने निर्णय गरेको थियो ।
महामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदै आएको नित्य/नैनित्य पूजालाई मात्र निरन्तरता दिने गरी गत वैशाख १५ गतेदेखि बन्द गरिएको थियो ।
ताला लगाएका अवस्थामा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तीर्थयात्रीले ढोका बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोस्रोपटक भएको हलेसी विकास समितिले जनाएको छ ।