निम्तो पठाएर पनि विवाहमा उपस्थित नहुँनेलाई घरमै खानाको बिल

सहयात्रा टिभी

काठमाडौं भदौ २९, सिकागोमा बसोबास गर्दै आएका एक जोडी अहिले सोसल मिडियामा निक्कै भाइरल भएका छन् ।

नवविवाहित सो जोडी मिडियामा एकाएक चर्चामा आउनुको मुख्य कारण भने निकै रोचक रहेको छ ।

यी जोडीले आफ्नो विवाहमा सामिल नभएका आमन्त्रितलाई खानाको बिल पठाएका छन् । ४४ वर्षका डो सिमोन्स, ४३ वर्षकी डेड्रा म्याकगीले जमाइकाको रोयल्टन नेग्रिल रिसोर्ट र स्पामा आयोजित भव्य विवाह पार्टीका लागि १०९ जना पाहुनालाई आमन्त्रण गरेका थिए ।

फेसबुकमा पोस्ट गरिएको एक बिलको नमूना अनुसार विवाहमा सरिक नभएका एकजना आमन्त्रितले १२० डलर तिर्नुपर्ने र दुईजना भएको खण्डमा २४० डलर तिर्नुपर्ने छ ।

यो बिल फेसबुकमा पोस्ट गर्दै डो साइमन्सले लेखे, ‘तपाईंले यस्तो बिल पाउनु भयो भने अपमानित महसुस नगर्नुहोस् । मैले यो बिल इमेलमार्फत् पठाउनेछु । ’

यो रोचक बिलले सोसल मिडियामा कतिले उनीहरुको तारिफ गरेका छन् भने कतिले उनीहरुको आलोचना पनि गरेका छन् ।

 

प्रकाशित : 14 September, 2021

प्रतिक्रिया दिनुहोस्