सुनको मुल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ ३०, आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

हिजो सुनको मूल्य प्रतितोला ९० हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ७ सय रहेको छ ।

यता, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२०० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : 15 September, 2021

प्रतिक्रिया दिनुहोस्