मौसम जानकारीः यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । भदौ ३१, नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदलीसहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी तथा सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै शनिबार देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरूमा स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : 16 September, 2021

प्रतिक्रिया दिनुहोस्