प्रहरीलाई टिकटक चलाउन बन्देज

सहयात्रा टिभी

ओखलढुङ्गा । भदौ ३१, ओखलढुङ्गामा प्रहरीले टिकटक लगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले प्रहरी कर्मचारी ड्यिूटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै देशका कतिपय ठाउँमा प्रहरी कर्मचारीले पोशाक वा हतियारको गलत प्रयोग गरेर टिकटक बनाएको पाइएकाले त्यस्ता गतिविधि प्रहरी आचारसंहिता विपरीत रहेकाले त्यसो नगर्न सचेत गराएको बताईएको छ ।

 

 

प्रकाशित : 16 September, 2021

प्रतिक्रिया दिनुहोस्