अभिनेत्री काजल अग्रवाल आमा बन्दै

काठमाडौं । असोज ०१, अभिनेत्री काजल अग्रवाल गर्भवती भएको खबरले निकै चर्चामा आएकी छिन् ।
गत वर्षको अक्टोबर ३० मा प्रेमी गौतम किचलूसँग काजलले मुम्बईमा विवाह गरेकी थिइन् । विवाह पछि दुवैजना बिदा मनाउन गएका थिए । जसको तस्वीर काजलले सामाजिक सञ्जालमा राखेकी थिइन् । काजल गर्भवती भएको समाचार सञ्चारमाध्यममा आए पनि काजल र गौतमले यो विषयमा केही बोलेका छैनन् ।
–मुम्बई(अमर उजाला)