दसैं नजिकिदै गर्दा खसीबोकाको मूल्य वृद्धि, च्यांग्रा भने अभाव

सहयात्रा टिभी

काठमाडौं । असोज ०३, नेपालीहरुको महान चाड नजिकिँदै गर्दा बजारमा खसीबोकाको मूल्य बढेको छ ।

त्यस्तै बाढीपहिरोका कारण पर्याप्त खसीबोका ल्याउन नसकेको कारण देखाउँदै व्यवसायीले मूल्य बढाएको बताईएको छ ।

यो वर्ष प्रतिकेजीमा ३० देखि ३५ रुपैयाँ मूल्य बढेको व्यवसायीहरु बताउँछन् । दसैंलाई लक्षित गरेर सोह्र श्राद्धपछि उपत्यकामा खसीबोका भित्र्याइने छ ।

दसैंको बेला उपत्यकामा ४० देखि ५० हजार संख्यामा खसीबोका खपत हुने व्यवसायीको अनुमान रहेको छ ।

यो वर्ष बजारमा च्यांग्राको भने अभाव हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसअघि एक हजार च्यांग्रा ल्याउने निर्णय गरे पनि खरिद गर्न नसक्दा यस्तो अवस्था आएको हो ।

प्रकाशित : 19 September, 2021

प्रतिक्रिया दिनुहोस्