हात्तीले पाक्न लागेको धान नष्ट गर्दा किसान समस्यामा

सहयात्रा टिभी

सर्लाही । असोज ०३, सर्लाहीको ईश्वरपुर नगरपालिकाका विभिन्न स्थानमा जंगली हात्तीले किसानको पाक्न लागेको धान नष्ट गर्दा किसानहरु मारमा परेका छन् ।

त्यस्तै दिनभर नजिकैको जंगलमा बस्ने हात्तीले रात परेपछि किसानको खेतमा पसेर मुखैमा धान बाली नष्ट गर्ने गरेको छ ।

हात्तीले सागरनाथ वन विकास परियोजनाको जंगलसँगै टाँसिएको श्रीनगर, हरकठवा, सागरनाथ लगायत क्षेत्रमा बालीनाली नष्ट गर्दै आइरहेको छ ।

 

प्रकाशित : 19 September, 2021

प्रतिक्रिया दिनुहोस्