नेपाली साहित्यकार विश्व सञ्जालले राष्ट्रिय बाल दिवस –२०७८ विशेष विश्व काव्य यात्रा –२५ गर्दै

सहयात्रा टिभी

काठमाडौं । असोज ०३, विश्वभरका नेपाली सर्जकहरूलाई एकताबद्ध गरेर विभिन्न साहित्यिक कार्यक्रम गर्दै आएको सामाजिक सञ्जालको बहुचर्चित समूह नेपाली साहित्यकार विश्व सञ्जालले राष्ट्रिय बाल दिवस २०७८ को अवसर पारेर विश्वभरका बालबालिकाहरूका साथमा यौटा भव्य कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रम यही अशोज ३ गते २०७८ (19th September, 2021) जुम प्रविधिको सहयोगबाट गरिनेछ। कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख, वरिष्ठ साहित्यकार डा. देवी नेपाल प्रमुख अतिथि रहनुहुनेछ भने विशेष अतिथिमा अनेसास बाल साहित्य विभाग प्रमुख तथा अनेसास क्वीन्सल्यान्ड च्याप्टर, अष्ट्रेलियाका अध्यक्ष – डा. केशव शर्मा र अनेसास बाल सम्बाद -बाल तारा कार्यक्रम संयोजक तथा सहजकर्ता एवम् अनेसास केन्द्रीय सचिव – विमला निरौला हुनुहुनेछ भन्ने कुरा उक्त कार्यक्रमका सभाध्यक्ष तथा सहजकर्ता नेपाली साहित्यकार विश्व संजालका परिकल्पनाकार कवि तथा गजलकार स्पन्दन विनोदले जानकारी गराउनु भयो।

कार्यक्रमका लागि विश्वभरका करिब ५० भन्दा बढी नेपाली भाषी बालबालिकालाई जानकारी गराईएको र कार्यक्रममा साहित्य र कला दुबै समेटिने भएकाले नेपाली बालबालिकाले आफ्नो प्रतिभाले देखाउन सक्नेछन् भनेर कार्यक्रम संयोजक कमला महतले जानकारी गराउनु भयो। कार्यक्रम नेपाली समय साँझ ५ बजेबाट सुरु हुनेछ।

प्रकाशित : 19 September, 2021

प्रतिक्रिया दिनुहोस्