आज नेपाल ओमानसँग भिड्दैं

सहयात्रा टिभी

काठमाडौं । असोज ०३, आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि तीन खेल खेलिसकेको नेपालले एक खेल जित्दा २ खेलमा हार बेहोरेको थियो । अमेरिकाविरुद्ध लगातार तीन खेल जितेको नेपाल ओडीआईमा पहिलो पटक अमेरिकासँग पराजित भएको हो ।

त्यसैगरी आज घरेलु टोलीसँग मैदान उत्रँदा नेपालको दुईवटा लक्ष्य रहेका छन् । एउटा ओमानलाई हराउने अनि प्रशिक्षक डेभ वाटमोरलाई सुखद बिदाइ गर्ने ।

यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर पनि यस खेलपछि नेपालबाट बिदा हुँदैछन् । उनले सिरिजअघि नै नेपाल क्रिकेट संघ क्यानलाई राजीनामा पठाउँदै ओमानको सिरिज नै आफ्नो लागि अन्तिम हुने बताइ सकेका छन् ।

 

प्रकाशित : 19 September, 2021

प्रतिक्रिया दिनुहोस्