भारतमा कोरोना संक्रमण बढ्यो

सहयात्रा टिभी

काठमाडौं । असोज ०३, भारतमा कोरोना संक्रमण दर बढेको बढै छ । पछिल्लो २४ घण्टामा भारतमा थप ३० हजार ७ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोनाको कारण ३ सय ९ जनाले ज्यान गुमाएका छन् । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको सँख्या ४ लाख ४४ हजार ८ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८ हजार ९ सय ४५ जना डिस्चार्ज भएका छन् ।

भारतमा हाल संक्रिय संक्रमित सँख्या ३ लाख ३२ हजार १ सय ५८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ८५ लाख ४२ हजार ७ सय ३२ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। हालसम्म भारतमा ८० करोड ४३ लाख ७२ हजार ३ सय ३१ जनाले खोप लगाइसकेका छन्।

 

प्रकाशित : 19 September, 2021

प्रतिक्रिया दिनुहोस्