आगामी बिहीबारसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौं । असोज ०४, प्रतिनिधिसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गर्दै बैठक स्थगित गरिएको हो ।

त्यस्तै आज बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसदको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची अघि वढाएका थिए भने प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक अब भोलिको राष्ट्रियसभा बैठकमा पेश हुनेछ ।

प्रकाशित : 20 September, 2021

प्रतिक्रिया दिनुहोस्