भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु

सहयात्रा टिभी

बाँके । असोज ०४, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

फाइल तस्वीर

बाँकेको खजुरा गाउँपालिका–४ की ७५ वर्षीया महिलाको आइतबार राति ७ः२० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी भदौ २८ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

त्यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका–७ का ८२ वर्षीय वृद्धको उपचारको क्रममा आइतबार राति ७ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा भदौ १८ गते संक्रमण पुष्टि भएको थियो ।

 

 

प्रकाशित : 20 September, 2021

प्रतिक्रिया दिनुहोस्