हरियो साग र च्याउ खानुको फाइदै–फाइदा
काठमाडौं । असोज ०४, पोषिलो परिकारले हाम्रो शरीरको रोगप्रतिरोधी क्षमता बढाएर क्यान्सर, मुटुरोग र मधुमेहजस्ता असाधारण रोगको सम्भावना समेत हटाउँछ ।
त्यसैले औषधीय महत्व भएका सागसब्जीका बारेमा सबैलाई ज्ञान हुनु आवश्यक रहेको छ र यस्ता रहेका छन् साग र च्याउ खानुका फाइदाहरुः
हरियो सागः नेपालमा रायो, तोरी फापर बेथु मेथी सौँप पालुंगो चौँसुर छ्यापी लसुनका सागका साथै फर्सीका मुन्टा हरियो प्याज, निगुरो आदि हरियो सागको रूपमा खाइन्छ । यी सबै सागमा पाइने पोषक तत्व फरक–फरक छन् । तर, समान रूपमा क्लोरोफिल, भिटामिन, खनिज तत्व पाइन्छन् ।
च्याउः भिटामिन ‘बी’ का विभिन्न प्रकार र खनिज तत्व च्याउमा पाइन्छन् । सेलेनियम, तामा, फस्फोरस, पोटासियम, चिल्लो पदार्थ, कार्बोहाड्रेड भएको च्याउ उच्च कोटिको सब्जी हो ।
संसारमा एक लाख ४० हजार प्रकारका च्याउ पाइन्छन् । तीमध्ये १० प्रतिशत च्याउसँग मात्र मानिसको ज्ञान र पहुँच पुगेको छ । पेन्सिलिन, स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिनजस्ता एन्टिबायोटिक औषधिहरू च्याउ समूहमा पर्ने विभिन्न फंगीहरूबाट सार निकालिएको कच्चा पदार्थबाट बनाइन्छ ।
उच्च रक्तचाप र शरीरको मोटोपन नियन्त्रण गर्न, हड्डी बलियो बनाउने भिटामिन डी पर्याप्त पाउन, शरीरको रोगप्रतिरोधी क्षमता बढाउन च्याउ अत्यन्त राम्रो खाद्यवस्तु मानिन्छ । एजेन्सीको साथमा ।