क्रिकेट टिम स्वदेश फर्किए

सहयात्रा टिभी

काठमाडौं । असोज ०५, नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएका छन्।

ओमानमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्न गएको टोली मंगलबार बिहान स्वदेश फर्किएको हो।

नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकालेको थियो। सिरिजपछि नेपाल लिग–२ को चौंथो स्थानमा उक्लिएको छ। नेपालले ८ खेलमा ८ अंक जोडेको छ।

 

प्रकाशित : 21 September, 2021

प्रतिक्रिया दिनुहोस्