भोलिदेखि साहस ऊर्जाको आइपिओ

सहयात्रा टिभी

काठमाडौं । असोज ०५, भोलिबाट साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको बताईएको छ।

निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।

 

प्रकाशित : 21 September, 2021

प्रतिक्रिया दिनुहोस्