गुल्मीमा पहिरोमा पुरिएर तीन दिदीबहिनीको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । असोज ६, गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै परिवारका तीन दिदीबहिनीको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका – ८, भगवती मन्दिरनजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिँदा उनका तीन छोरीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

गए राति करिब १२ बजेतिर घरमाथिबाट आएको पहिरोमा परेर नेपालीका १४ वर्षीया जुम्ल्याहा छोरीहरु गंगा–जमुना र २१ वर्षीया छोरी भावनाको मृत्यु भएको डीएसपी पाण्डेयले बताए ।

६ जनाको परिवारमा नेपाली, उहाँकी श्रीमती र एक छोरी भने सकुशल रहेका छन् ।

आज बिहान साढे ४ बजे तीनै जनाको शव निकालेर गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 22 September, 2021

प्रतिक्रिया दिनुहोस्