नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने

सहयात्रा टिभी

काठमाडौं । असोज ६, नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

फाईल तस्बिर

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिमले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो।

नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ। साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल्न लागेको हो। साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन्।

 

प्रकाशित : 22 September, 2021

प्रतिक्रिया दिनुहोस्