अमेरिकाले थप ५० करोड फाइजर खोप बाँड्ने

सहयात्रा टिभी

काठमाडौं । असोज ७, अमेरिकाले आगामी वर्षबाट विकासशील मुलुकहरूलाई थप ५० करोड फाइजर खोप बाँड्ने भएको छ।

त्यस्तै संयुक्त राष्ट्रसंघको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड–१९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने प्रतिबद्धता जनाएका छन्।

योसहित अमेरिकाले सहयोग गर्ने खोपको संख्या १ अर्बभन्दा बढी हुनेछ। यसअघि राष्ट्रपति बाइडनले ५८ करोड मात्रा खोप दान दिने बाचा गरेकामा वासिङ्टनले अहिलेसम्म १६ करोड खोप देशबाहिर बाँडिसकेको छ।

 

प्रकाशित : 23 September, 2021

प्रतिक्रिया दिनुहोस्