बडादसैँमा ५० हजार खसीबोका काठमाडौँ ल्याइने

सहयात्रा टिभी

काठमाडौंं । असोज ७, यो वर्षको दसैँमा सरकार र व्यापारीले गरेर ५० हजार हाराहारी खसीबोका काठमाडौँ उपत्यका ल्याउने भएका छन् ।

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने दुई हजार वटा खसीबोका समेत सामेल छन् । योसहित, उपत्यकाको दसैँ माग धान्न ५० हजारभन्दा बढी खसीबोका भित्रिने पशुसेवा विभागले जानकारी दिएको छ ।

सूचना अधिकारी डा. चन्द्र ढकालले खसीबोका बिक्रेता र उत्पादकले यो वर्षको दसैँमा ५० हजारभन्दा बढी खसीबोका खपत हुने जानकारी विभागलाई दिएको बताए ।

 

प्रकाशित : 23 September, 2021

प्रतिक्रिया दिनुहोस्