अब नौवटै नाकाबाट ‘अनअराइभल भिषा’ सुरू

काठमाडौं । असोज ७, कोरोना भाईरसको महामारीका कारण २०७८ जेठ ६ गते देखि बन्द भएको पर्यटक अनअराइभल भिषा अध्यागमन विभागले विहीबारदेखि दिन संचालन गरेको छ ।
विभाग अन्तर्गतका नौ वटा प्रवेश तथा प्रस्थान बिन्दु (अध्यागमन कार्यालयहरु) बाट पर्यटकलाई आगमन पश्चात दिने अनअराइभल भिषा दिन शुरु गरिएको प्रवक्ता झंकनाथ ढकालले बताए ।
विभागले हवाई उडानबाट नेपाल प्रवेश गर्नेको लागि अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मार्फत आवश्यक ब्यवस्था मिलाउने र अन्य नाकाबाट नेपाल प्रवेश गर्ने बिदेशीको हकमा सीमा क्षेत्रमा स्थापित अध्यागमन कार्यालयहरुले पर्यटक भिषा जारी गर्ने ब्यवस्था मिलाउने विभागले जनाएको छ ।
पदयात्रामा आउने पर्यटक छोटो समयका लागि आउने र १० दिन क्वारेन्टीन बस्नु पर्ने भएकाले बाध्यताले पर्यटकले यस सिजनको पदयात्रा अधिकांसले रद्द गराएको उहाँले बताउनुभयो ।
भिषाको लागि विभागको वेवसाइटबाट अनलाइन फारम (पर्यटक भिषा) भर्नुपर्ने जनाएको छ । एजेन्सीको साथमा ।