अमेरिकामा १० नेपालीले पाए विभिन्न विधामा अवार्ड

सहयात्रा टिभी

काठमाडौं । असोज ७, अमेरिकाको लसभेगसमा आयोजित एक कार्यक्रममा करिव ५ हजार बिमा अभिकर्ताहरुबीच विभिन्न फरक बिधामा १० नेपालीले अवार्ड पाएका छन्।

त्यस्तै बिमा क्षेत्रमा कार्यरत संस्था प्रिमियर फिनान्स एलायन्सको वार्षिक भेलामा उक्त अवार्ड प्रदान गरिएको थियो। बिमाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै संस्थाले अवार्ड प्रदान गरेको हो।

अवार्ड पाउनेमा गगन केसि, गुञ्जन भण्डारी, ओम आचार्य, अनुभव गिरी, मनोज तुलाधर, सुरेश प्रधान, डोवा ढकाल, टिका आग्दाम्वे, कर्ण बोगटी र प्रकाश निरौला रहेका छन्।

 

 

प्रकाशित : 23 September, 2021

प्रतिक्रिया दिनुहोस्