राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्ती

काठमाडौं । असोज ८, राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ ।
वि सं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो ।
घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ उहाँका परिवारको अनुमतिप्राप्त भएमा छाप्न तयार भएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जनाउनुभयो ।