धनकुटाको हाट बजारमा चहल पहल बढ्दै

सहयात्रा टिभी

धनकुटा । असोज ८, धनकुटाका साप्ताहिक तथा पाक्षिक हाट बजारमा सर्वसाधारण तथा व्यापारीहरूको चहल पहल बढ्न थालेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइसरको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले गरेको लकडाउन र स्थानीय प्रशासनले लगाएको निशेधाज्ञाका कारण बन्द रहेका धनकुटाका साप्ताहिक तथा पाक्षिक हाट बजारमा सर्वसाधारण तथा व्यापारीहरूको चहल पहल बढ्न थालेको हो ।

असोज १ गतेबाट अधिकांश व्यापार व्यवसाय सञ्चालन गर्न सरकार र स्थानीय प्रसाशनले छुट दिएसंँगै साप्ताहिक र पाक्षिक बजारमा चहल पहल बढेको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित : 24 September, 2021

प्रतिक्रिया दिनुहोस्