गगन थापा महाधिवेशनका बारेमा के भन्छन् त ?

सहयात्रा टिभी

काठमाडौं । असोज ८, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४ औं महाधिवेशन समयमै हुनेमा अन्योलता भएको बताए । जसरी भए पनि समयमा नै हुनु पर्ने समय भन्दा पर नजाने उनी बताउछन ।

त्यस्तै बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले पार्टीको १४ औं महाधिवेशनको सम्बन्धमा अन्योलता बढ्दै गएको बताए ।

बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनले जनाए।

पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेताहरुलाई दिएको जिम्मेवारी नेताहरुले पूरा नगरी जवाफदेहिता बिनाको राजनीति गरिएको उनले टिप्पणी गरे ।

प्रकाशित : 24 September, 2021

प्रतिक्रिया दिनुहोस्