मिठो नलागेपनि खानै पर्ने फर्सी
काठमाडौं । असोज ८, फर्सी एक प्रकारको तागतीलो तरकारी हो ।
हरियो तथा पाकेको फर्सीको स्वद भिन्न भिन्न हुन्छ । यसमा प्रसस्त मात्रामा भिटामिन र खनिज पाइन्छ ।
फर्सीमा क्याल्सियम र म्याग्नेसियमसहित भिटामिन ई, सी र भिटामिन बीका केही प्रकार पाइन्छ । दैनिक सय ग्राम फर्सी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनका फाइदाहरु निम्न छन् ।
१) फर्सीमा भिटामिन सी र ईसँगै बिटा क्यारोटिन पाइन्छ । यी पोषक तत्वहरुले छाला स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खेल्दछ ।
२) शरीरले प्राकृतिक रुपमा भिटामिन सी बनाउँदैन । त्यसैले फर्सीको सेवनबाट भिटामिन सी प्राप्त गर्न सकिन्छ । जसले चोटपटक र घाउ निको पार्न सघाउँछ ।
३) फर्सीमा पाइने भिटामिन ई एक महत्वपूर्ण एन्टिअक्सिडेन्ट हो, जसले भिटामिन सीसँगै सक्रिय भएर घामले हाम्रो शरीरमा पार्ने नकारात्मक प्रभाव र छाला सुख्खा हुनबाट जोगाउँछ ।
४) फर्सीमा पाइने भिटामिन ए वा बिटा क्यारोटिनले पनि छालाको सुरक्षा गर्छ । घामका पराबैजनी किरणबाट जोगाउँछ । साथै यसले घामबाट हाम्रो शरीर डढ्नबाट बचाउँछ ।
५) यसमा पाइने भिटामिन एले दृष्टि क्षमता घटेका वा अन्धोपन हुने समस्याबाट बचाउँछ । फर्सीमा हुने बिटा क्यारोटिन, भिटामिन सी र ईले दृष्टि क्षमता जोगाउनुका साथै वृद्धावस्थामा पनि दृष्टि क्षमता कमजोर हुनबाट जोगाउँछ ।