आइतबार देखि धरानमा विद्यालयहरू खुल्ने

धरान । असोज ८, कारोना भाइरसका कारणले गर्दा लामो समय देखि बन्द हुदै आएका विद्यालहरु आइतबार देखि खुलाउने निर्णय भएको छ । शुक्रबार मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले स्वास्थ्य प्रोटोकलको पूर्ण रूपमा पालना गर्दै भौतिक रूपमा विद्यालयहरू खुलाउने निर्णय गरेको हो ।
गत भदौ ३१ गते बसेको कार्यपालिकाको बैठकले धरान क्षेत्रका विद्यालयहरू भौतिक रूपमा दसैँ तिहारपछि मात्र सञ्चालन गर्ने निर्णय गरेको थियो । पछिल्लो समय धरानमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन घट्दै गएको तथ्यलाई मध्यनजर गर्दै विभिन्न आज बसेको कार्यपालिकाको बैठकले असोज १० गतेदेखि भौतिक उपस्थितिमै विद्यालय खुलाउने निर्णय भएको वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए ।