५ महिनानादेखि रोकिएको पाराग्लाइडिङ उडान खुला

पोखरा । असोज १०, कोरोना संक्रमणका कारण पोखरामा ५ महिनानादेखि रोकिएको पाराग्लाइडिङ उडान खुला गर्ने तयारी गरिएको छ ।
उडानका लागि सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेष्ट फ्लाइट पनि भएकाले एक–दुई दिनभित्रै व्यावसायिक उडान थालिने नेपाल हवाइ खेलकुद संस्था, पोखराले जनाएको छ ।
२०० व्यक्तिलाई प्याराग्लाइडिङ सुरक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिइएको संस्थाले जनाएको छ । हाल पोखरामा पाराग्लाइडिङका ६० कम्पनी छन् भने ३५० पाइलट छन् ।