तातोपानीमा व्यापारीका सयौं कन्टेनर अलपत्र, दसैंपछि मात्रै दसैंको सामान काठमाडौं आइपुग्ने

काठमाडौं । असोज १०, चिनले तातोपानीको नाका नखोल्दा चाडवाडलाई लक्षित गरी ल्याइएको सामान नाकामै अलपत्र परेको छ ।
त्यस्तै चिनियाँ अधिकारीहरुले ज्यादै न्युन संख्यामा कन्टेनर छाड्ने गर्दा दशैंका लागि ल्याइएका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री चाडवाड सकिंदा पनि नेपाल भित्रिने अवस्था नदेखिएको ब्यापारीहरुले बताएका छन् ।
हाल नाकाबाट दैनीक बढीमा पाँच वटा कन्टेनर मात्र भित्रदै आएका छन् । यस अघि करिव २० वटा कन्टेनर भित्रिदै आएका थिए ।