मिलमा आगलागी हुदाँ ७० लाखको क्षति

सहयात्रा टिभी

काठमाडौं । असोज १०, मोरङको सुनवर्षी नगरपालिका–३ मा रहेको अरुण सिंहले सञ्चालन गरेको ‘बोलबम चिउरा मिल’मा आगलागी हुँदा ७० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै मिल सञ्चालन गरिएको ४ कोठे भवनमा शनिबार राति १० बजेतिर अचानक आगलागी हुँदा दुईवटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । आगलागीको कारण भने अझैँ खुलेको छैन । आगो प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति साढे ११ बजेतिर नियन्त्रणमा लिइएको उनले बताए ।

 

प्रकाशित : 26 September, 2021

प्रतिक्रिया दिनुहोस्