साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सहयात्रा टिभी
काठमाडौं । असोज १०, असोज ६ गतेदेखि बिक्री खुला भएको साहस उर्जाको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले असोज पहिलो सातादेखि ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर बिक्री खुलाएको थियो । तर, गत साताको शुक्रबारसम्ममा आईपीओमा करिब १८ लाख जनाको आवेदन परिसकेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।