दसौँमा बिना रुट परमिट जुनसुकै स्थानमा बस चलाउन पाइने

सहयात्रा टिभी

काठमाडौं । असोज १०, सरकारले दसैँका बेलामा देशका जुनसुकै स्थानमा बिना रुट परमिट बस चलाउन सक्ने बताएको छ ।

 

आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे दसैँमा फुलपातीदेखि पूर्णिमासम्म बस चलाउन रुट परमिट खुला गरिएको जानकारी दिए ।

साथै बसको छतमा मान्छे तथा पशुपंक्षी राख्न पनि निषेध गरीएको छ । सवारी साधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रुपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको बताए ।

प्रकाशित : 26 September, 2021

प्रतिक्रिया दिनुहोस्