गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको म्याद थप्ने तयारी

काठमाडौं । असोज ११, तीन बर्षमा सक्ने लक्ष्यका साथ सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य सात बर्ष पुग्दा पनि सम्पन्न हुन सकेको छैन ।
छैठौँ पटक थपिएको म्याद साउन महिनामै सकिएपछि निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले सातौँ पटक म्याद थप्न नागरिक उड्डयन प्राधिकरण मार्फत सरकारलाई आग्रह गरेको छ ।