बरियारपुरमा आगलागी, २ लाख ४० हजार मूल्य बराबरको क्षति

सहयात्रा टिभी

वीरगञ्ज । असोज ११, बाराको महागढीमाई नगरपालिका–१ बरियारपुर बजारमा सोमबार बिहान १ः२० बजे उपेन्द्र कुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा २ लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ ।

सो आगोलागीबाट उपेन्द्र सहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । ३ वटै पसलमा गरी अन्दाजी २ लाख ४० हजार मूल्य बराबरको समान जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ ।

 

 

प्रकाशित : 27 September, 2021

प्रतिक्रिया दिनुहोस्