समलैंगिक जोडीलाई विवाहको मान्यता

काठमाडौं । असोज ११, स्वीजरल्याण्डमा समलैंगिक जोडीलाई विवाहको मान्यता दिइएको छ ।
त्यस्तै समलैंगिक बिबाहलाई मान्यता दिने कि नदिने भन्ने बिषयमा भएको मतदानमा ६४ दशमलव १ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरेका छन् ।
यसअघि सन् २००७ मा स्वीटजरल्याण्डमा समलैंगिक जोडीलाई सँगै बस्ने अधिकार दिइएको थियो भने अब विवाहको अनुमति पनि दिइने भएको छ ।