विकल अभिनव बाल प्रतिभा छनौट प्रतियोगिता

सहयात्रा टिभी

काठमाडौं । असोज ११, यही असोज ९ गते ‘विकल अभिनव बाल प्रतिभा पुरस्कार प्रतियोगिता २०७८’ सफलतापूर्वक सम्पन्न भएको छ ।

सुप्रसिद्ध आख्यानकार रमेस विकलज्यूको आफ्नै ईच्छाले उहाँले केही वर्ष अगाडि नै अभिनव साहित्य समाजसंग मिलेर आफ्नै नाममा स्थापना गर्नुभएको उक्त पुरस्कार वितरणकाका लागि संचालन गरिएको उक्त प्रतियोगिता गत आश्विन ९ गते २०७८ भर्चुअल माध्यमबाट सम्पन्न गरिएको उक्त कार्यक्रमका सभापति अभिनव साहित्य समाजका अध्यक्ष श्री गोविन्दप्रसाद घिमिरे वेदमणि रहनु भएको थियो भने प्रमुख अतिथिमा नेपाल बाल साहित्य समाजका अध्यक्ष तथा प्राध्यापक डाक्टर श्री ध्रुवकुमार घिमिरे रहनु भएको थियो ।

यस्तै सो कार्यक्रममा नै बाल साहित्यकार एवम्र वरिष्ठ पत्रकार श्री विजय चालिसे विशेष अतिथिको रूपमा रहनु भएको थियो । उक्त कार्यक्रममा रिडर्स मा. वि. का प्रिन्सिपल श्री बालमुकुन्द कार्कीले स्वागत भाषणबाट गर्नुभएको थियो ।

उक्त प्रतियोगितामा काठमाडौ जिल्ला र काठमाडौ जिल्ला बाहिरका समेत गरी २३ वटा स्कुलहरूका ३४ जना बालबालिकाले सहभागिता जनाएर आयोजक संस्थाले दिएको विषयवस्तु र समय सीमामा रही आशु कविता लेखनको गरेर सोही दिन नै आफूहरूले रचना गरेका कविताहरूको प्रस्तुतिसमेत गरेका थिए भने उक्त प्रतियोगितामा एम्बिसन एकेडेमी बानेश्र्वरकी छात्रा प्रविज्ञा नेपाल प्रथम, सिद्धार्थ शिशु सदन, धनगढी कैलालीका विभूती अधिकारी द्धितीय, जी. एस. निकेतन मा. वि., हेटौडाका समर्पण न्यौपाने तृतीय र सुसंस्कार एकेडेमी, जोरपाटी नयाँबस्तीकी वन्दना जैसवाल र जोरपाटीको नारायणटारमा रहेको इस्टपोल मा.वि.की दिलाशा तिवारीले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

यस्तै सो कार्यक्रममा निर्णायक मण्डलीको रूपमा भने साहित्यकारहरू शारदा देवी खनाल र सीता सुवेदी रहनुभएको थियो भने सोही कार्यक्रमको अन्त्यमा नेपाली साहित्यको क्षेत्रमा आफ्नो नाम राख्न सफल भइसक्नु भएको ठुला ठुला कविज्यूहरूले पनि आफूहरूले रचना गरेका बालबालिकासंग सम्बन्धित कविताहरूको समेत प्रस्तुती गर्नुभएको थियो ।

सरस्वती मा. वि.का प्रिन्सिपल श्री राजु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । यस्तै सो कार्यक्रमको संचालन भने साहित्यकार श्री परशुराम पराजुली र सरस्वती मावि जोरपाटीका शिक्षक श्री भीम कोइरालाले गर्नुभएको थियो । उक्त प्रतियोगिताको नतिजा आएपश्चात् सो प्रतियोगितामा सहभागिता जनाएर पुरस्कार प्राप्त गर्न सफल हुने सबै बालबालिकाहरूलाई नगद पुरस्कार, प्रमाण पत्र र पुस्तकसमेत दिइने जानकारी गराउनुभयो ।

पुरस्कृत लगायत सहभागीहरूलाई अब आउँने तिहारको गोबर्धन पुजाको दिन जोरपाटीको आरूबारी चोकमा रहेको रमेश विकलको सालिक अगाडि एक विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने कुराको समेत जानकारी गराइएको थियो ।

–सुशील अचार्य

प्रकाशित : 27 September, 2021

प्रतिक्रिया दिनुहोस्