ट्रकले ठक्कर दिंदा दुईजनाको मृत्यु

सहयात्रा टिभी

बुटवल । असोज १२, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका सैनामैना-५ की ४२ वर्षीया राधा भट्टराई आमा र २२ वर्षीया महेश भट्टराई छोराको मृत्यु भएको हो ।

त्यस्तै उनीहरुलाई पश्चिमबाट आएको ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले प्रहरीले जनाएको छ ।

प्रकाशित : 28 September, 2021

प्रतिक्रिया दिनुहोस्