नेकपाका अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । असोज १२, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकसँग छलफल गर्दै छन्।
उनले आज अपरान्ह सवा चार बजे अल्फा हाउसमा सम्पादकहरूसँग छलफल गर्न लागेको राष्ट्रिय सभा सदस्य तथा एमाले नेता खिमलाल भट्टराईले बताए।
एमालेले आफ्नो पार्टी फुटाउन सरकारले अध्यादेश ल्याएको र त्यसमा सभामुख अग्नी सापकोटाले पनि साथ दिएको आरोप लगाउँदै लगातार संसद अवरुद्ध गर्दै आएको छ।
त्यस्तै गत भदौ १२ गते दल विभाजनको अध्यादेश ल्याएर एमाले र जनता समाजवादी टुक्राएर हिजो दल विभाजन दोस्रो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले खारेज गरेकी छन्।