महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता : परराष्ट्रमन्त्री खड्का

सहयात्रा टिभी

काठमाडौं । असोज १२, संयुक्त राष्ट्र संघको ७६ औ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज विहान संबोधन गर्दै परराष्ट्रमन्त्री खड्काले कोभिड–१९ महामारीवाट नेपाली जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताएका छन्।

उनले नेपाली जनतालाई कोरोना संक्रमणवाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको महासभामा जानकारी समेत गराए।

त्यस्तै कोभिड–१९ को संकट व्यवस्थापन र खोपको व्यापकताका लागि राष्ट्र संघले देखाएको चासो र प्राथमिकताको परराष्ट्रमन्त्री खड्काले प्रसंशा गर्नुभयो ।

आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले आतंकवादको विरोध गरिरहेको पनि बताए। अफ्गानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएकाले सोही अनुरुप आपसी समझदारीमा समाधान हुने विश्वास नेपालको रहेको खडकाले बताए।

 

प्रकाशित : 28 September, 2021

प्रतिक्रिया दिनुहोस्