सुन गोरो हराउने डर

काठमाडौं । असोज १२, मान्छेलाई कुनै हानिनोक्सानी नगरे पनि देख्दै अनौठो जीव निरन्तर संकटमा छवर्षायाममा रोपाइँ होस् वा धानलाई पानी चाहिएका बेला एउटा गरामा थुनेको पानी आलीबाट बिस्तारै रसाएर अर्को गरामा पुगेको हुन्छ । तराईमा त्यस्ता बेला किसानले पहिल्याउँछन्, गँगटाले आलीमा प्वाल धेरै बनाएछन् ।
झापाको कचनकवलमा सुन गोहोरो वरपर गोहोरो पाइन्छन् भने गँगटाको संख्या घटाउन किसानले केही गर्नु पर्दैन । गोहोरोले भ्यागुता, घोंगी, गँगटा तथा स–सना जीव खाएर खाद्य चक्रलाई सघाउँदै किसानको मद्दत गर्छ । यो जन्तु डेढ दशक अघिजसरी सहजै देखिँदैनन् । संकटमा परेको छ ।
नेपालसहित बंगलादेश, भारत, पाकिस्तान र भुटानमा मात्रै पाइने सुन गोहोरोलाई आईयूसीएनले संकटापन्न प्रजातिको सूचीमा राखेको छ । सेप्टेम्बरमा सम्पन्न आईयूसीएन वर्ल्ड कंग्रेसले सुन गोहोरोलाई रातो सूचीमा संकटापन्न भनेर राखेको हो ।
अर्थात् सुन गोहोरो र बाघ दुवैको ‘डिग्री अफ थ्रेट’ एउटै हो, संकटापन्न । चोरीसिकार, बासस्थान र आहारामाथि आइपरेको संकटले गोहोरो हराउने अवस्थामा पुगेको छ ।
‘गोल्डेन मनिटर लिजार्ड’ यसअघि भल्नरेबल (असुरक्षित) थियो । खेतीयोग्य जमिनहरू प्लटिङमा परिणत भएसँगै यसको बासस्थान पनि विनाश हुँदै गएको देखिन्छ । उनले भने, ‘एक त यो जीव एज स्पेसिस (किनार छेउमा बस्ने) पनि हो । अतिक्रमण भएसँगै बासस्थान हराउन थालेपछि संकटापन्न अवस्थामा पुग्यो ।’ झापाको कचनवल गाउँपालिका सन्थाल, मेचे, र राजवंशी समुदायले सुन गोहोरोलाई औषधिको रूपमा प्रयोग गर्छन् । त्यही भएर पनि उनीहरू यसलाई देख्ने बित्तिकै मार्छन् । अनुसन्धानकर्ता रमेश राजवंशी भन्छन् ‘कति मारिन्छन् भन्ने यकिन तथ्यांक कतै पनि छैन ।
राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले २०७५ मा प्रकाशित गरेको अधिक चोरी सिकार र अवैध व्यापार हुने वन्यजन्तु तथा वनस्पति’ पुस्तकमा पनि सुन गोहोरो पनि समावेश छ । प्रहरीले २०७४ मा तेस्रो मुलुक लैजान लागेको अवस्थामा एउटा जीवित गोहोरो र छालासहित दुई जनालाई पक्राउ गरेको थियो । २०७५ मा काठमाडौंमा दुइटा ज्युँदा सुन गोहोरो बेच्न लागेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
नेपालमा घडियाल, अजिंगर र सुन गोहोरोलाई संरक्षित सूचीमा राखिएका ३ वटा सरिसृप जीव हुन् । यीमध्ये अति संकटापन्न सूचीमा रहेको घडियालको संरक्षणमा सरकारले विशेष चासो र कार्यक्रमहरू ल्याउने गरी पनि अजिंगर र सुन गोहोरोलाई भने प्राथमिकतामा राखेको पाइँदैन । अनुसन्धानकर्ताहरू प्रजातिलाई हेरेर संरक्षणमा जोड दिनुपर्ने बताए पनि सरकारले ध्यान नदिँदा मासिने खतरा रहेको बताउँछन् ।