छात्रासँगै बेन्चमा पूर्व युवराज्ञी हिमानी, जिवनमा कसरी राम्रो गर्न सकिन्छ भन्ने प्रश्नको उत्तरमा दिईन यस्तो जबाफ

जनकपुर । असोज १२, पुर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधाम स्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई असोज ४ गते सोमबार खानेपानीका बोतल वितरण गरेकी छिन्।
खानेपानी बोतल वितरण गर्न पुगेकी पूर्वयुवराज्ञी शाहले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुसँग अन्तरक्रिया समेत गरेकी थिइन्।
एक जना विद्यार्थीले जिवनमा कसरी राम्रो गर्न सकिन्छ भनि सोधेको प्रश्नमा उनले भनिन्, ‘पहिले त्यति विकल्प थिएन तर अहिले डाक्टर, इन्जिनियर, व्यवस्थापन सहित अतिरिक्त क्रियाकलाप गर्न सकिन्छ।’ विद्यार्थीहरुसँग अन्तरक्रिया गर्न पुगेकी पूर्व युवराज्ञीलाई स्कुलका प्रधानाध्यापकले स्कुलमा रहेको समस्याहरुको बारेमा ब्रिफिङ गरेका थिए।