युईएफए च्याम्पियन्स लिगमा डर्टमण्ड र अयाक्सको लगातार दोस्रो जित

काठमाडौं । असोज १३, युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्ड र नेदरल्याण्ड्सको अयाक्सले लगातार दोस्रो जित हात पारेका छन् ।
समूह सी अन्तर्गत गएराती भएको खेलमा डर्टमण्डले पोर्चुगिज क्लब स्पोर्टिङ सिएफलाई १–० ले हराएको हो ।
यस्तै अयाक्सले टर्किस क्लब बेसिकटासलाई २–० ले पराजित गरेको छ । अयाक्सको लागि स्टेभेन बर्गुइस र सेबास्टिन हलरले गोल गरे । लगातार दोस्रो जितपछि दुवैले समान ६ अंक जोडेका छन् ।