महालक्ष्मीको १६ दिने व्रत समापन

सहयात्रा टिभी

काठमाडौं । असोज १३, वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिन लामो महालक्ष्मी व्रत मङ्गलबार राति चन्द्रमालाई अघ्र्यदान गरेसँगै समापन भएको छ ।

देवी महालक्ष्मीलाई प्रशन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । भाद्र शुक्ल अष्टमीदेखि १६ दिन अर्थात् आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ ।

यस वर्ष भदौ २८ गते सोमबारदेखि सुरु भएको यो व्रत असोज १२ गते राति विधिपूर्वक समापन गरिएको हो । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।

देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्रसमेत रचना गर्नुभएको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ ।

 

प्रकाशित : 29 September, 2021

प्रतिक्रिया दिनुहोस्