केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असोज २३ देखि तारा एयरको पोखरा–जोमसोम नियमित उडान सुरु

सहयात्रा टिभी

काठमाडौं । असोज १३, यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ गतेदेखि पोखरा–जोमसोम उडान गर्ने भएको छ ।

नेपालमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो उडान सुचारु गर्न लागेको हो ।

यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित सञ्चालन गर्न लागेको जानकारी दिए ।

जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवाहरुले बिहान १२ बजेभित्र नै उडानहरु भर्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायुसेवाहरुमा तारा एयरले मात्र पोखरा, नेपालगञ्ज र काठमाडौंमा नियमित वायुयान राखेर दुर्गममा सेवा दिँदै आएको छ ।

प्रकाशित : 29 September, 2021

प्रतिक्रिया दिनुहोस्