केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उत्तर कोरियाद्धारा पूर्वी तटमा नयाँ प्रविधिको क्षेप्यास्त्र परीक्षण

सहयात्रा टिभी

काठमाडौं । असोज १३, उत्तर कोरियाले मंगलबार बिहान पूर्वी तटमा फायर गरेको क्षेप्यास्त्र नयाँ प्रविधिको रहेको त्यहाँको सरकारी मिडियाले जनाएको छ ।

यस हाइपसरसोनिक मिसाइलले उत्तर कोरियाको रक्षा क्षमतालाई अभिवृद्धि गर्ने कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । उक्त मिसाइललाई रणनीतिक हतियार भनिएको छ ।

त्यस्तै उत्तर कोरियाले आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र बनाउन बन्द गर्ने र त्यसको बदलामा अन्तर्राष्ट्रिय समुदायले उत्तरमाथि थोपरेको आर्थिक नाकाबन्दी खुकुलो गर्ने विषयमा चलिरहेको वार्ता लामो समयदेखि अवरुद्धजस्तै छ ।

त्यसैगरी मंगलबार मिसाइल लन्च कार्यक्रममा सर्वोच्च किम उन जोङ उपस्थित थिएनन्, तर शीर्ष अधिकारी पाक जोङ चोन यस कार्यक्रममा उपस्थित रहेको केसीएनएले बताएको छ। एजेन्सीको साथमा ।

प्रकाशित : 29 September, 2021

प्रतिक्रिया दिनुहोस्