काठमाडौँको बानेश्वर क्याम्पस अगाडि महिलाको शव भेटियो

काठमाडौँ । असोज १४, काठमाडौंको बानेश्वर क्याम्पस अगाडिको वाग्मती नदीको पुलमुनि आज बिहान एक महिलाको शव भेटिएको छ ।
बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले जानकारी दिए ।
डीएसपी मीनबहादुर लामाले शव कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताए । विस्तृत विवरण भने पोष्टमार्टम पछि थाहा हुने उनले जानकारी दिए । शवको सनाखत भएको छैन ।