केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले नजाने

सहयात्रा टिभी

काठमाडौं । असोज १४, प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ ।

संसदमा जारी अवरोध हटाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने जानकारी दिए ।

अध्यादेश ल्याएर आफ्नो दल फुटाएको र सभामुख त्यसमा सहयोगी बनेको भन्दै एमालेले निरन्तर विरोध गर्दै आएको छ।

गैरसंवैधानिक अध्यादेश ल्याएर गर्नुपर्ने जति सबै काम गरेपछि बोलाइएको सर्वदलीय बैठकको कुनै अर्थ नहुने भन्दै भट्टराईले आफ्नो दल बैठकमा नजाने बताए ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो।

प्रकाशित : 30 September, 2021

प्रतिक्रिया दिनुहोस्