चाडपर्व नजिकिदैँ गर्दा लकरको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । असोज १४, चाडपर्वको बेलामा लकरको माग बढे सँगै बैंकहरुले लकरको मूल्य पनि बढाएका छन् ।

त्यस्तै सानिमा बैंकले केही समयअघि सबैभन्दा सानो लकरलाई २ हजार ५ सय रुपैयाँ वार्षिक शुल्क लिदै आएको थियो भने हाल त्यसलाई बढाएर ३ हजार पुर्‍याएको छ ।

निजी क्षेत्रबाट सञ्चालित सानिमा बैंकले सबैभन्दा सानोलाई वार्षिक ३ हजार शुल्क लिदै आएको छ भने सबैभन्दा ठूलोलाई ९ हजार रुपैयाँ लिदै आएको बताईएको छ ।

नेपाल बैंकले भने सबैभन्दा सानो साइजको लकर उपलब्ध गराए बापत वार्षिक २ हजार ५ सय रुपैयाँ लिने गरेको छ । त्यसैगरी, सबैभन्दा ठूलो साइजको लकरबाट वार्षिक १० हजार रुपैयाँ उठाउने गरेको छ ।

 

प्रकाशित : 30 September, 2021

प्रतिक्रिया दिनुहोस्