बार्सिलोनाको लगातार हार

सहयात्रा टिभी

काठमाडौं । असोज १४, रोबर्ट लेवान्डोवस्कीको दुई गोलमा बायर्न म्युनिखले च्याम्पियन्स लिगमा डिनामो किभमाथि एकपक्षीय जित निकालेको छ ।

त्यस्तै सोही समुहमा बार्सिलोना भने लगातार दोस्रो हारको सिकार भयो। म्युनिखले किभमाथि ५-० को रवाफिलो जित निकाल्दा बार्सिलोना भने बेनिफिकासँग ३-० ले पराजित भयो।

पोल्यान्डका फरवार्ड लेवान्डोवस्कीले म्युनिखको घरेलु मैदान एलियान्ज एरिनाको मैदानमा १२औं मिनेटमा पेनाल्टीमार्फत खेलमा अग्रता दिलाए। त्यसको १५ मिनेटपछि उनले दोस्रो गोल गरेका थिए।

त्यसैगरी पहिलो हाफमा दुई गोलको अग्रता लिएको जर्मन महारथीका लागि मध्यान्तरपछि सेर्गी जिनाब्री, लोरियो साने र बैकल्पिक खेलाडी इरिक म्याक्सिम चुपो मोटिङले गोल गरे।

 

प्रकाशित : 30 September, 2021

प्रतिक्रिया दिनुहोस्